१० दिनदेखि हराएका वृद्धको शव फेला

१० दिनदेखि हराएका एक वृद्धको बुधबार शव फेला परेको छ । गोरखा नगरपालिका–१ अजमरेका ७० वर्षीय नारायणदत्त न्यौपानेको शव सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिए ।

फागुन २३ बिहानदेखि घरपरिवारबाट सम्पर्ककविहीन भएका न्यौपानेको बुधबार बिहान शव भेटिएको प्रहरीको भनाइ छ । न्यौपानेको शव सडेगलेको अवस्थामा फेला परेको र घटनास्थलको मुचुल्का तयार पारी गोरखा अस्पतालमा शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइको उनले बताए ।

मृतक न्यौपाने मानसिक रोगी भएको र नियमितरूपमा मानसिक रोगको औषधिसमेत सेवन गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको उनको भनाइ छ । घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


२ चैत २०७८, बुधवार २१:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु