एस.पी.ए दर्पण भित्ते मासिक पत्रिका लोकार्पण
सुदूरपश्चिमान्चल क्याम्पस धनगढीले विद्यार्थीको आन्तरिक क्षमता प्रस्फुटन होस् भन्ने उद्देश्यले मासिक भित्ते पत्रिका प्रकाशन गरेको छ । मासिक भित्ते पत्रिकाको पहिलो अंकको क्याम्पस प्राङ्गणमा आयोजित समारोहमा लोकार्पण गरिएको छ।
क्याम्पस प्रमुख योगराज उपाध्यायले पत्रिकाको विमोचन गर्दै विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि अतिरिक्त कृयाकलाप महत्वपूर्ण हुने बताए ।साहित्य सृजनाले विद्यार्थीहरुको सृजनात्मक क्षमता विकास हुने उनले वताए ।
सो अवसरमा उप-प्राध्यपक टंक कुँवरले यसबाट विद्यार्थीहरुको रचनात्मक क्षमता वृद्धिका साथै अन्य गतिविधिमा समेत सबल बनाउने बताए ।
कार्यक्रममा बोल्दै उप(प्राध्यपक दलबहादुर जोराले भित्ते पत्रिकामार्फत विद्यार्थीले आफ्नो प्रतिभा देखाएर आफुलाई चिनाउनुका साथै लेखन कलामा दक्षता हाँसिल गर्ने वताए ।
पत्रिका सम्पादन संयोजक डा। देवेन्द्रप्रसाद भट्टले साहित्यका सबै विधाहरुलाई हरेक अङ्कमा विशेष रूपमा प्रकाशन गरि नेपाली भाषा साहित्यमा विद्यार्थीहरुलाई जोड्नु यस पत्रिकाको उद्देश्य रहेकोे बताए ।
सो कार्यक्रमको सभापतित्व पत्रिकाका प्रधान सम्पादक चक्रप्रसाद सोतीले गरेका थिए भने सभा सञ्चालन लोक कार्कीले गरेका थिए
२ चैत २०७८, बुधवार १७:२६ बजे प्रकाशित













