धनगढीमा सम्मान गृह संचालनमा

धनगढीमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका लागि सम्मान गृह संचालनमा आएको छ ।
मंगलबार एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालिका उप प्रमुख सुशील मिश्र भट्टले सम्मान गृहको उद्धघाटन गरेकी हुन् ।
सेभ द चिल्ड्रेन गोलबल फोन्डको आर्थिक सहयोग निल हिरा समाजको समन्वयमा सुदूरपश्चिम समाज धनगढीले सम्मान गृह आश्रय स्थल संचालनमा ल्याएको सुदूरपश्चिम समाजका अध्यक्ष करुणा नेपालले बताइन् ।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका मानीसहरु जुनसुकै क्षेत्रबाट आएपनि औषधी उपचार तथा समस्यामा परेकाहरुलाई खान बस्न सहजताका लागि सम्मान गृह खोलीएको अध्यक्ष नेपालले बताइन् ।
बिशेष गरी एआरभी लिन आएका व्यक्तिलाई लक्षित गर्दै सुदूरपश्चिम समाजले दुई ब्याड क्षमताको सम्मान गृह धनगढी उपमहानगरपालिका वडा न.५ हसनपुरमा संचालनमा ल्याएको हो ।
उक्त समुदायका लागि कैलालीको धनगढी लगाएत देशभरीका ९ जिल्लामा सञ्चालनमा आएको छ । काठमाडौ ,सुनसरी ,धनुषा ,पर्सा ,चितवन, कास्की, रुपन्देही, बाके र कैलालीमा सम्मान गृह संचालनमा आएको निल हिरा समाज (बिडिएस) केन्द्रीय कार्यालय काठमाडौका कार्यकारी निर्देशक मनिषा ढकालले बताइन् ।

No description available.

व्यवसायी गरि सामान्य कारणका आधारमा यो समुदाय लाई लग्नुपर्ने उप–प्रमुख मिश्र भट्टले बताइन् । कुनै साुलायलाई सम्मानका साथ हेर्नुपर्ने उनले बताइन् । यस्तै उनले समानताका लागि घरबाटै नै भेदभाव गर्नु अन्य गर्न जरुरी रहेको बताइन् । समान व्यवहारका आधारमा पनि आगामी दिनमा कार्य थालनी गर्नपर्ने उनको सुझाव थियो ।

May be an image of balloon
यस्तै समाजमा धेरै ब्याक्तिहरु अझै पनि खुलेर आउन नसकेको हुँदा यसमा उनीहरुलाई खुलेर बाहीर ल्याउने वातावरण बनाउनुपर्नेमा सरोकारवालाको जोड थियो ।

No description available.


१ चैत २०७८, मंगलवार २१:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु