बार्सिलोनाको सहज जित

स्पेनिस ला लिगा फुटबलमा शीर्ष चारको दौडमा रहेको बार्सिलोनाले सहज जित निकालेको छ । ला लिगाअन्तर्गत जारी सिजनको २७औं राउन्डको खेलमा बार्सिलोनाले फराकिलो गोलअन्तरको जित निकालेको हो । आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । यसअघि युरोपा लिगमा अन्तिम १६ को खेलमा टर्किस क्लब गालाटासरीसँग आफ्नै घरमा फितलो प्रदर्शन गरेको बार्सिलोनाले घरेलु लिगमा फेरि राम्रो प्रदर्शन देखायो ।

आफ्नो घरेलु मैदान क्याम्प नोउ रंगशालामा बार्सिलोनालाई जिताउन युवा खेलाडी फेर्रान टोरेजले दुई गोल गरे भने विंगर उसामान डेम्बेलेले दुई गोलमा असिस्ट गरे । त्यसैगरी, लामो समयपछि मैदानमा खेल्न पाएका युवा खेलाडी रिकी पुचले पनि एक गोल गरे । बार्सिलोनाले पहिलो गोल १४औं मिनेटमा पेनाल्टीमार्फत् गरेको थियो । ओसासुनाका डिफेन्डरले डीबक्सभित्र बार्सिलोनाका मिडफिल्डर जाभीलाई लडाएपछि पाएको पेनाल्टीमा टोरेजले गोल गरे ।


१ चैत २०७८, मंगलवार ०९:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु