कोरोना संक्रमित बढ्दै गएपछि चीनको शेन्झेन सहरमा लकडाउन
कोरोना संक्रमित बढ्दै गएपछि चीनले आइतबार आफ्नो सबैभन्दा ठूलो सहर शेन्झेनमा लकडाउन गरेको छ। समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार सहरका सम्पूर्ण जनसंख्या यस लकडाउनको दायरामा परेका छन्।
दक्षिणी चीनको शेन्झेन सहरको जनसंख्या १७ करोड छ। चीनमा कोरोना संक्रमितको संख्या दोब्बर बढेर ३४०० नजिक पुगेको छ। चीनले शून्य कोभिड नीतिलाई लिएर कडा रवैया अपनाइरहेको छ। तर, पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि अन्यौलको वातावरण सिर्जना भएको छ ।
छिमेकी सहर हङकङ ओमिक्रोनबाट नराम्ररी प्रभावित भएको र यहाँ पनि यससँग सम्बन्धित केसहरू बढ्दै गएकाले सहरका सबै बासिन्दाहरूलाई घरमै बस्न भनिएको थियो।
नगर प्रशासनले जारी गरेको सूचनामा २० मार्चसम्म लकडाउन जारी रहेको र यस अवधिमा सार्वजनिक आवतजावतमा रोक लगाउने उल्लेख गरिएको छ।
२९ फागुन २०७८, आइतवार २०:५५ बजे प्रकाशित











