सुनकाे मूल्य आज पनि बढ्याे
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १ हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० तोकिएकामा गत शुक्रबार प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४२५ पुगेको महासंघले जनाएको छ ।
२९ फागुन २०७८, आइतवार १३:२४ बजे प्रकाशित












