सेतीमा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ३० नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
पछिल्लो २४ घण्टामा थप एक जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन् । यस्तै अस्पतालमा तीन जनाको आइसियुमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
२७ फागुन २०७८, शुक्रवार १५:४० बजे प्रकाशित












