punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कार्यसम्पादन मूल्यांकनमा धनगढी उपमहानगरले पायो ६८.८८ अंक

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले कार्यसम्पादन मूल्याङ्कनमा ६८.८८ अङ्क प्राप्त गरेको छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्याङ्कन सूचक रिपोर्ट अनुसार सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको धनगढी उपमहानगरपालिकाले सो अङ्क प्राप्त गरेको हो ।

रिपोर्ट अनुसार नगरपालिकामा सबैभन्दा बढी अङ्क गोदावरी नगरपालिकाले पाएको छ । गोदावरीले ६०.३७ अङ्क प्राप्त गर्दा सबैभन्दा कम भजनी नगरपालिकाले ४३.७१ अङ्क पाएको छ ।गाउँपालिकामा सबैभन्दा बढी अङ्क कैलारी गाउँपालिकाले पाएको छ । कैलारी गाउँपालिकाले ७६.४९ अङ्क पाउँदा सबैभन्दा कम बर्दगोरिया गाउँपालिकाले ५३.२८ अङ्क पाएको छ ।

आयोगले तयार गरेको रिपोर्ट अनुसार ४२ स्थानीय तहले सय अंकभारमा ७० भन्दा बढी अङ्क प्राप्त गर्दा एउटा पनि महानगरपालिका र उपमहानगरपालिका परेका छैनन् । प्रतिवेदन अनुसार २४९ स्थानीय तहले ६० भन्दा बढी अङ्क ल्याएका छन् ।

कार्यसम्पादन मूल्याङ्कनमा डडेल्धुराको अजयमेरु गाउँपालिका देशभरकै पहिलो भएको तथ्याङ्कले देखाएको छ । ४२ स्थानीय तहले सय अंकभारमा ७० भन्दा बढी अङ्क ल्याउँदा अजयमेरु गाउँपालिका पहिलो नम्बरमा रहेको छ ।


२२ फागुन २०७८, आइतवार १२:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु