punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्थानीय तहको निर्वाचन वैशाख ३० मै हुन्छ : गृहमन्त्री खाँण

Chaupati
safha napa

गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मै हुने दाबी गरेका छन् । उनले सरकारले तोकेको मितिमै निर्वाचन हुने बताए । नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीले भैरहवामा आयोजना गरेको अग्रज सम्मान, पार्टी प्रवेश तथा ह्वील चेयर हस्तान्तरण कार्यक्रममा मन्त्री खाँणले निर्वाचनमा कांग्रेसले विजय प्राप्त गरे विकासको ठूलो लहर ल्याउने बताए ।

उनले कांग्रेसलाई सवल, गतिशील र सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘स्थानीय तह निर्वाचनमा जित्यौँ भने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको पकड बलियो बन्नेछ । कांग्रेस नेतृत्वमा सरकार बन्यो भने मुलुकमा विकास अघि बढ्छ ।’

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता खाँणले संसदबाट एमसीसी पारित गरेपछि अन्तर्राष्ट्रिय क्षेत्रमा कांग्रेसप्रतिको भरोसा बढेको दाबी गरे । उनले एमसीसीले राष्ट्रको हित गर्दैन, यो निर्वाचनपछि पारित गर्नुपर्छ, खाली चौरमा अमेरिकी सेना आउँछु भनेर अनर्गल प्रचार गरिएको बताए । एमसीसी नेपाल र नेपालीको हितमा रहेको उनको भनाइ थियो ।


२२ फागुन २०७८, आइतवार ११:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु