punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खेलकुद सामग्री वितरण

Chaupati
safha napa

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० का विभिन्न खेलमा आबद्ध खेलाडीको आत्मबल बढाउन आज खेलकुद सामग्री वितरण गरिएको छ। वडा कार्यालयको ८५ हजार रकमबाट शुक्लाफाँटा कृष्णसार फाउण्डेसन (एसबिबिएफ)ले फुटबल, क्रिकेट, भलिबलका खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको हो। समाजसेवी तेजबहादुर शाहले तीनवटै खेलका खेलाडीलाई खेलकुद सामग्री वितरण गरेका छन्।

खेलकुद सामग्री वितरण गर्दै समाजसेवी शाहले खेलकुदमा क्रियाशील खेलाडीलाई थोरै भएपनि वडा कार्यालयले सहयोग गरी खेलाडीको हौसला बढाएको बताए। वितरण गरिएका सामग्रीमा ब्याट, ब्याटिङ ग्लब्स, किपिङ ग्लब्स, टेनिस बल, ड्युज बल, फुटबल नेट, फुटबल, विकेट, भलिबल, भलिबल नेट, क्रिकेट म्याटलगायत रहेको फाउण्डेसनका अध्यक्ष विवेक रावलले बताए।

खेलकुद सामग्री वितरणमा फाउण्डेसनले वडामा रहेका राष्ट्रिय स्तरका खेलकुदमा सहभागिता जनाउँदै आएका क्रिकेट खेलाडीलाई सम्मानपत्र प्रदान गरी सम्मानित समेत गरेको छ। सम्मानित हुनेमा सरोज ऐर, कैलास ऐर, साजन गौतम, सुभेश रावल रहेका छन्।

 


२२ फागुन २०७८, आइतवार ०८:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु