punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एसईई परीक्षामा उपकेन्द्रको व्यवस्था हुने

Chaupati
safha napa

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा ९एसईई० मा उपकेन्द्र कायम गर्ने गरी तयारी गरिहरेको छ । परीक्षामा विद्यार्थी डेरामा बस्नु नपर्ने गरी केन्द्र तोक्ने र परीक्षा केन्द्र टाढा भएमा उपकेन्द्रको विषयमा छलफल चलिरहेको र त्यसअनुसार काम भइरहेको बोर्डले जनाएको छ ।

तोकिएको परीक्षा केन्द्रहरुमा विद्यार्थी टाढा-टाढाबाट आउनुपर्ने अवस्था देखिएमा उपकेन्द्र कायम गर्न सकिने बोर्डका अध्यक्ष महाश्रम शर्मा बताए । ‘परीक्षा दिनको लागि विद्यार्थीलाई डेरामा बस्न नपर्ने गरी परीक्षा केन्द्रको व्यवस्था गर्ने र परीक्षा केन्द्र कायम भएकोमा पनि डेरा बस्नुपर्ने अवस्था आएमा उपकेन्द्र पनि कायम गर्न सक्ने गरी काम गरिरहका छौं ।’

आवश्यकताको आधारमा परीक्षा उपकेन्द्र तोक्ने अधिकार जिल्ला परीक्षा समन्वय समितिको मिलाउन सक्ने बोर्डले जनाएको छ । पहाडी तथा हिमाली जिल्लाका परीक्षा केन्द्रहरूमा परीक्षा दिन जाने परीक्षार्थीहरू डेरामा बसेर दिनु नपर्ने गरी काम गर्न बोर्डले सुझाव दिएको छ ।

गत वर्षहरूमा राष्ट्रिय परीक्षा बोर्डले सबै निर्देशनात्मक काम गर्दै आएकोमा यसपटक प्रदेशलाई जिम्मेवार भूमिका दिएको बोर्डको भनाइ छ । बोर्डका अध्यक्ष शर्माले भने ‘विगतका वर्षहरूमा बोर्डले नै सबै निर्णय गर्ने, रिभ्यु गर्थ्यो । तर, यो वर्षदेखि प्रदेशलाई पनि कतिपय अधिकार दिएका छौं । परीक्षा केन्द्र, उपकेन्द्र लगायतको विषयमा प्रदेश परीक्षा व्यवस्थापन समिति रिभ्यु गर्छ ।’

यो वर्षको एसईई परीक्षाको लागि आवश्यक प्रश्नपत्र भने छपाइ गरेर नै पठाउने बोर्डले तयारी गरेको छ । एसईई दिने विद्यार्थीको संख्या बढी भएकोले अनलाइनमार्फत् प्रश्नपत्र पठाउँदा समस्या हुने देखिएकोले छपाइ गरेको प्रश्नपत्र नै पठाउने बोर्डले जनाएको छ ।

जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेसनल स्कुलका परीक्षार्थीलाई भने अनलाइनमार्फत् प्रश्नपत्र पठाइने बोर्डले जनाएको छ । त्यहाँका १९ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।


२१ फागुन २०७८, शनिवार ११:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु