punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुई किशोरी बलात्कृत

Chaupati
safha napa

झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा प्रहरीले गौरिगंज गाउँपालिका–२ कोरोबारी बस्ने २४ वर्षीय देवकुमार राजबंशी र २२ वर्षीय प्रमोद राजवंशीलाई बिहीबार पक्राउ गरेको छ ।

खेतमा पराल लिन गएको मौकामा उनीहरूले ती किशोरीलाई बुधबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस्तै, सिरहामा आफ्नै बाबुबाट १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाईका ३२ वर्षीय पुरुषलाई शुक्रबार बिहान पक्राउ गरेको छ । घरमा कोही नभएको अवस्थामा ती पुरुषले आफ्नै छोरीलाई बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


२० फागुन २०७८, शुक्रवार १६:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु