punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नागरिकलाई बीमाको दायरामा ल्याउनु आवश्यक छः मुख्यमन्त्री भट्ट

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयस्वरुपअनुसार आम नागरिकलाई बीमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्थाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

बीमा समितिको आयोजनामा बिहीबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तर्क्रियामा उनले बीमाका बारेमा फरकफरक बुझाइ भएकाले एकरूपता कायम गर्न बीमासम्बन्धी जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए ।

मुख्यमन्त्री भट्टले प्रदेशमा बीमा समितिले प्रदेश कार्यालय स्थापना गर्न लागेकामा खुसी व्यक्त गरे । विभिन्न प्रकोपका कारण हुने आर्थिक नोक्सानी कम गर्न बीमा गर्ने व्यवस्था उत्तम हुने उनले बताए ।

प्रदेशका प्रमुख सचिव रामेश्वर दङ्गालले बीमा समितिको प्रादेशिक कार्यालय स्थापनापछि प्रादेशिक सरकारसँग समन्वयका लागि नीति बनाउनुपर्ने आवश्यकता औँल्याए । बीमाको विकास एवं विस्तारका लागि नेतृत्व लिन प्रदेश सरकार तत्पर रहेको उनले बताए ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनतालाई बीमाको दायरामा ल्याउन प्रदेश सरकारले आर्थिक सहायता एवं अनुदानको व्यवस्था, बीमाको पहुँच विस्तारका लागि समन्वय गर्न सम्पर्क व्यक्ति तोक्न र प्रदेश बीमा नीति बनाउनुपर्नेमा जोड दिए ।


१९ फागुन २०७८, बिहीवार १७:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु