दार्चुलामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुलामा सडक निर्माणमा रहेको ट्र्याक्टर खस्दा एक जनाको मृत्यु भएको छ।  दार्चुला-तिङ्कर निर्माणाधिन सडकखण्डमा निर्माण कार्यमा संलग्न से २ त १७९९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा २३ वर्षीय वीरेन्द्र खड्काको मृत्यु भएको हो।

मंगलबार राति  साढे १० बजेको समयमा व्यास गाउँपालिकाको वडा नम्बर ४ स्थित सडकखण्डमा दुर्घटना हो। ट्र्याक्टर सडकबाट १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

ट्र्याक्टर चालक बझाङको सुर्मा गाउँपालिकाका २८ वर्षीय मान बोहोरा फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।


१८ फागुन २०७८, बुधवार १०:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु