युक्रेनको खार्किभमा एक भारतीय विद्यार्थीको मृत्यु

युक्रेनको खार्किभमा रहेका एक जना भारतीय विद्यार्थीको मृत्यु भएको छ ।

बीबीसी हिन्दीका अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसबारेमा जानकारी दिएका हुन् । भारतले यसको पुष्टि गरेको छ ।

बगाचीले ट्विटमार्फत यसबारेमा जानकारी दिँदै भनेका छन्( दुःखका साथ हामी यसको पुष्टि गर्दछौँ, खार्किबमा गोलाबारीमा एक जना भारतीय विद्यार्थीको मृत्यु भएको छ ।


१७ फागुन २०७८, मंगलवार १८:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु