डोटीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना जुवाडे पक्राउ

डोटीको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकस्थित हिरा श्रिमालको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख ३८ हजार ८ सय ८७ रुपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


१० फागुन २०७८, मंगलवार २१:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु