बुटवलबाट ८६ लाखभन्दा बढीको अवैध सामग्रीसहित दुई जना पक्राउ
रूपन्देहीको बुटवल उपमहानगरपालिकाबाट बिहीबार अवैध सामानसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अवैध रूपमा ओसार–पसार तथा भण्डारण गरेको अवस्थामा जुत्ता–चप्पल, कपडालगायतका फेन्सी सामग्रीसहित सैनामैना–२ का ४० वर्षीय तुलसी थारु र सोही ठाउँका कृष्ण थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
प्रहरीले अवैध गोदाम तथा ओसारपसार गरिरहेको अवस्थामा ८६ लाख ८ हजार ६ सय रुपैयाँ बराबरको सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो बुटवल उपमहानगरपालिका–१ तिनाउ पुलनजिकै लु १ ज ३१६७ नम्बरको पिकअप जिप जाँच गर्दा अन्दाजी १२ लाख राबरको जुत्ता १८८ जोर र थान कपडा १२९६ मिटर बरामद गरेको प्रहरीले जनाएको छ ।
६ फागुन २०७८, शुक्रवार ०९:२८ बजे प्रकाशित































