सेतीमा मंगलबार थप ६ जनामा कोरोना पुष्टि
धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा मंगलबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ७२ नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
हाल अस्पतालमा १० जना संक्रमित विरामीको उपचार भइरहेको छ। तीमध्ये ३ जनाको आइसियू र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
३ फागुन २०७८, मंगलवार १३:०४ बजे प्रकाशित































