punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य घट्यो

Chaupati
safha napa

सुनचाँदी बजारमा साताको पहिलो दिन आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० तोकिएको छ।

अघिल्लो दिन प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ४०० ले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ७०० छ। यसको मूल्य शुक्रबार प्रतितोला रु ९२ हजार १०० थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु १ हजार २५० मा भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ।


१६ माघ २०७८, आइतवार १२:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु