हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट दमक नगरपालिका-३ गोलाटारका ६३ वर्षीय गणेशप्रसाद अधिकारीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकका अनुसार मंगलबार राति ८ बजे घर नजिकैको मकैमा पानी लगाउन गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको पाठकले बताए। उनको घटनास्थलमै मृत्यु भएको हो।
आक्रमण गर्ने हात्ती हुम्सेदुम्से सामुदायिक वनबाट निस्किएको प्रहरीले बताएको छ। उक्त क्षेत्र हात्ती प्रभावित क्षेत्र पनि हो। यहाँ हात्ती दिनहुँ जसो गाउँमा निस्किने गरेको स्थानीयबासी बताउँछन्।
१२ माघ २०७८, बुधवार ०७:५८ बजे प्रकाशित












