मौसम सामान्य बदली : सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षा

सुदूरपश्चिम र गण्डकी प्रदेशमा मौसम सामान्य बदली भएको छ । मौसम बदलीसँगै सुदूरपश्चिम र कर्णालीका एक/दुई ठाउँमा हल्का वर्षा भएको छ ।बाँकी लुम्बिनी, वाग्मती, मधेश र प्रदेश एकमा मौसम आंशिक बदली भएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीका कारण मौसम आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि देशभरको मौसम आंशिक देखि सामान्य बदली नै रहने अनुमान छ ।

दिउँसोपख सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले बताए ।

देशका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ । केही दिन अघिको वर्षा र निरन्तरको हिमपात तथा तराईमा हुस्सु र कुहिरोका कारण चिसो बढेको छ ।


१२ माघ २०७८, बुधवार ०७:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु