नेपाल र मरिससबीचको खेलमा दर्शकलाई रंगशाला प्रवेश दिइने
नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकले मैदान प्रवेशको अनमुति पाउने भएका छन्। सरकारले जारी गरेको स्वास्थ्य मादण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ।
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल खेल्न मरिससको फुटबल टोली नेपाल आइसकेको छ। पहिलो खेल माघ १५ गते तथा दोस्रो खेल माघ १८ गते हुने तय भएको छ।
एन्फाले दर्शकलाई खेल अवलोकन गर्न सामान्यतर्फ प्रतिव्यक्ति ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँको टिकटको व्यवस्था गरेको छ।
मरिससविरुद्धको मैत्रीपुर्ण खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज खेलाडीको अन्तिम नामावली सार्वजनिक गर्नेछन्। उत्तः खेललाई लक्षित गरी एक सातादेखि ३४ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन्।
१२ माघ २०७८, बुधवार ०८:०२ बजे प्रकाशित












