punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा घट्दै कोरोना संक्रमण

Chaupati
safha napa

भारतमा लगातार तेस्रो दिन कोरोनाका नयाँ सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको छ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ३ लाख ९ हजार ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्ठी भएको हो। यस बीचमा २ लाख ४८ हजार २ सय २० जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घन्टामा थप ५०७ जना सङ्क्रमितले ज्यान गुमाएका छन्।

यसअघि शुक्रबार ३ लाख ३७ हजार जनामा सङ्क्रमण पुष्टि भएको थियो। यस्तै शुक्रबार भारतमा ४ सय ८६ जनाले ज्यान गुमाएका थिए। त्यसअघि बिहीबार ३ लाख ४७ हजार नयाँ सङ्क्रमित भेटिँदा ७०३ जनाले ज्यान गुमाएका थिए।

यद्यपी हाल भारतमा २१ लाख ६६ हजार ९९९ सक्रिय संक्रमित उपचार गराइरहेका छन्।तेस्रो लहर सुरू भएसँगै भारतमा पहिलो पटक सक्रिय सङ्क्रमितको सङ्ख्या २१ लाख नाघेको हो। गत ३१ डिसेम्बरमा सक्रिय सङ्क्रमित १ लाख रहेको भारतमा २२ दिनमै यो सङ्ख्या २१ गुणाले बढेको हो।

यस्तै राजधानी दिल्लीमा पछिल्लो २४ घन्टामा ४५ जना कोरोना संक्रमितको ज्यान गएको छ। यो संख्या तेस्रो लहर सुरू भएपछिकै सर्वाधिक हो। यसअघि सन् २०२१ जुन ५ मा दिल्लीमा ४८ जनाले ज्यान गुमाएका थिए।यस्तै शनिबार महाराष्ट्रमा कोरोनाका ४६ हजार ३ सय ९३ जना नयाँ संक्रमित फेला परेका छन्। यहाँ ४८ जनाले ज्यान गुमाएका छन्।एजेन्सी


९ माघ २०७८, आइतवार ०९:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु