punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा लोपोन्मुख अजिङ्गर फेला

Chaupati
safha napa

कैलालीमा लोपोन्मुख अजिङ्गर फेला परेको छ। जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर ७ बैदिमा लोपोन्मुख अजिङ्गर फेला परेको हो।

टिकापुर ७ बैदिमा देविलाल ओलिको पुरानो भत्किएको घरमा भेटिएको दुई मिटर लम्बाइ भएको करिब १० किलो ग्राम तौल भएको लोपोन्मुख अजिङ्गरलाई सत्ति कर्णाली सामुदायिक वन क्षेत्रमा छोडिएको प्रहरीले जनाएको छ।

प्रहरी चौकि कालाकुण्डाका ईन्चार्ज लोकेन्द्र बहादुर चन्दका अनुसार स्थानीय बासिन्दा, सामुदायिक वनका प्रतिनिधि र प्रहरीको रोहवरमा अजिङ्गरको बासस्थानको रुपमा रहेको सो वनमा छाडिएको जानकारी दिए।

अजिङ्गरलाई लोपोन्मुख सरिसृपको रुपमा राखिएको छ। समय समयमा समुदायमा देखिने गरेका अजिङ्गरलाई सत्ति कर्णाली सामुदायिक वनमा छोडिने गरेको छ।

 


८ माघ २०७८, शनिवार १५:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु