चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

कैलालीमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका-१ बस्ने असोक जनालालाई प्रहरीले बिहिवार पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया कैलालीबाट खटीएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।उनी नकबजनी चोरी मुद्धका फरार प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सोही ठाउँको वडा नम्बर १ मा लुकीछीपी बसिरहेको अवस्थामा फेला पारी उनलाई नियन्त्रणमा लिइएको हो । थप आवश्यक कारबाहीको लागि कैलाली जिल्ला अदालत धनगढी पठाईएको प्रहरीले जनाएको छ ।

६ माघ २०७८, बिहीवार १३:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु