punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङबाहेक सुदूरका आठ जिल्लामा एमाले अधिवेशन सकियो

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन सम्पन्न भएको छ। नौ जिल्ला रहेका यस प्रदेशमा बझाङ बाहेकका बाँकी ८ जिल्लामा अधिवेशन सम्पन्न भएको हो।

कैलाली, कञ्चनपुर, अछाम र दार्चुलामा निर्वाचन प्रक्रियाबाट तथा डडेल्धुरा, बैतडी, डोटी र बाजुरामा सर्वसम्मत रुपले नेतृत्व चयन भएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ।

जिल्ला अधिवेशन सम्पन्न भएसँगै ८ जिल्लाले नयाँ नेतृत्व पाएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीले बताए।

बैतडीमा सुरेन्द्र पाल, डडेल्धुरामा प्रकाश साउद, डोटीमा चक्र मल्ल र बाजुरामा कालीप्रसाद शाही जिल्ला अध्यक्षका रुपमा चयन भएका छन्।

यस्तै, कैलालीमा रतन थापा, कञ्चनपुरमा सुरेन्द्र विष्ट, अछाममा चन्द्र बोहरा र दार्चुलामा प्रेम सिंह धामी निर्वाचित भएका हुन्।

बझाङमा भने मौसम खराबका कारण निर्वाचन हुन सकेको छैन। कोरोना संक्रमण बढ्दै गएकाले उपयुक्त समय हेरी बझाङको अधिवेशन सम्पन्न गरिने एमालेले जनाएको छ।


१ माघ २०७८, शनिवार १२:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु