punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सातौँ राष्ट्रिय योग दिवस : कोरोना सङ्क्रमितलाई पनि योगाभ्यास गराइने

Chaupati
safha napa

आज सातौँ राष्ट्रिय योग दिवस मनाइँदै छ । नेपालमा २०७२ सालदेखि हरेक वर्ष माघ १ गते योग दिवस मनाउने गरिएको छ ।दिवसको यसवर्षको नारा ‘सर्वाङ्गीय विकासका लागि योग’ भन्ने रहेको छ ।

योगका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो ।

तर, बिलासी जीवनशैलीका कारण योग ओझेलमा परे पनि पछिल्लो समय योग र ध्यानमा आकर्षण बढ्दो छ । दिवसका अवसरमा यसपालि भर्चुअल माध्यमबाट कार्यक्रम हुँदैछन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डाक्टर श्यामबाबु यादवले कोरोना भाइरसको जोखिमका कारण भर्चुअलरूपमा दिवस मनाउन थालिएको जानकारी दिए ।

उनले विभागकै हलमा २५ जनाको उपस्थितिमा सातैप्रदेशलाई भर्चुअलरूपमा जोडेर योगाभ्यास र जनचेतनामूलक कार्यक्रम गर्ने बताए । उनले दिवसकै अवसरमा आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई पनि योगाभ्यास गराउने बताए ।विभागका निमित्त महानिर्देशक डा यादवले योगले मानिसको सकारात्मक सोच विकास गर्नुको साथै रोग प्रतिरोधात्मक क्षमताको विकास गराउने बताए ।

विभागका जडीबुटी, औषधि व्यवस्थापन तथा अनुसन्धान महाशाखा प्रमुख डा सन्तोषकुमार ठाकुरले मानिसले शारीरिकभन्दा प्रविधिबाट धेरै काम गर्ने थालेकाले शरीर चलायमान गराउनका लागि योग अनिवार्य रहेको बताए ।योगको नियमित अभ्यासले रोग प्रतिरोधी क्षमता बढ्ने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।


१ माघ २०७८, शनिवार ०८:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु