एमाले कैलाली अधिवेशन : दुई पक्षबीच झडप, मतदान स्थगित
नेकपा एमाले कैलालीको नेतृत्व चयनका लागि तोकिएको समयमा मतदान नभएपछि नाराबाजीसहित प्रदर्शन हुनुका साथै दुई पक्षबीच झडप भएको छ ।
समयमै मतदान सुरु नभएपछि अध्यक्षका उम्मेदवार रतन थापा पक्षधरहरुले निर्वाचन समितिविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेपछि अर्का उम्मेदवार रणबहादुर चन्द पक्षधरले प्रतिनिधिहरुलाई भड्काउन खोजेको भन्दै प्रतिकार गर्दा दुई पक्षबीच झडप भएको हो ।
झडपका क्रममा प्रतिनिधीहरुले निर्वाचन समितिविरुद्ध नाराबाजी गर्दै तोडफोडसमेत गरेका छन् ।
निर्वाचन समितिले आइतबार बिहान साढे ८ बजेबाट मतदान गर्ने कार्य तालिका सार्वजनिक गरेको थियो । आइतबार पनि पटक–पष्टक गर्दै साँझसम्म मतदानको समय सारिएको थियो ।
निर्वाचन समितिले भने आवश्यक तयारी पूरा हुन नसक्दा मतदान प्रक्रिया सोमबारसम्मका लागि स्थगित गरेको जनाएको छ । जिल्लाको नेतृत्वका लागि रतन थापा र रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा छन् ।
२५ पुस २०७८, आइतवार २०:२२ बजे प्रकाशित












