ईन्जिनियरिङ एशोसियसन : प्रजातान्त्रिक समूहद्वारा उम्मेदवारी घोषणा

नेपाल ईन्जिनियरिङ एशोसियसन केन्द्रीय तथा सुदूरपश्चिम कार्यकारिणी समितिमा प्रजातान्त्रिक समूहले उम्मेदवारी घोषणा गरेको छन् ।

यहि माघ ७ गते हुन लागेको केन्द्रको १३औं तथा प्रदेशको दोस्रो अधिवेशनमा सो समूहले प्यानल बनाई उम्मेदवारी दिने घोषणा गरेका हुन् । धनगढीमा आइतबार एक समारोहको आयोजना गर्दै केन्द्रीय अध्यक्षमा सो समूहबाट अध्यक्षमा डाक्टर हरिबहादुर दर्लामीले उम्मेदवारी घोषणा गरेका हुन् ।

उनको समूहबाट उपाध्यक्षमा डाक्टर नारायणप्रसाद अधिकारी, महासचिवमा रविभुषण झा, उपमहासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी र सहकोषाध्यक्षमा दीपक अधिकारीले उम्मेदवारी दिने घोषणा गरे । यस्तै सदस्यमा सुरज चापागाई, सागर भट्टराई, विनोदबहादुर पाल, कुशलता न्यौपाने, अनुपम पराजुली, निशान नेपाल, ईश्वर पोख्रेल, मनिष मल्लिक, हरिनारायण यादव, खुम बहादुर भण्डारी र बिधा बरालले उम्मेदवार रहने छन् ।

यस्तै परिषद सदस्यमा होमनाथ पोख्रेल, पोषण थापा, राजन लामा, भरत रेग्मी र हरिलाल दवाडी रहेका छन् । प्रदेशको दोस्रो अधिवेशनमा प्रदेश अध्यक्षमा प्रदिपकुमार पन्तको दाबी रहेको छ । उनको समूहबाट केन्द्रीय सदस्यमा रणबहादुर बम, उपाध्यक्षमा भाषकर चटौत, सचिवमा पदमबहादुर मडै, सहसचिवमा राजेन्द्रबहादुर साउँद र कोषाध्यक्षमा विरबहादुर भाट रहेका छन् ।

सदस्यमा रमेश बोहरा, खग्रेन्द्र अवस्थी, हरेन्द्रविक्रम शाह, उमेशसिंह कठायत, कपिलदेव भट्ट, गोविन्द भट्ट, जानकी बडैला, राजेन्द्र नाथ, सरोज शाह र देवीराज न्यौपाने रहेका छन् । सो समूहले विभिन्न नारा बोकेर देशव्यापी रूपमा प्रचार प्रसारमा रहेको छ । सो अवसरमा बोल्दै अध्यक्षका दावेदार दर्लामीले ईन्जिनियर केही सीमित हुँदा आफै बसेर कार्यसमिति चयन गरिन्थे । अहिले ३८ हजार ईन्जिनियर एशोशियशनमा दर्ता रहेका छन् । उनले अबको आवश्यकता प्रदेश संरचनालाई बलियो बनाउनु भएकाले प्रदेशमै भवन बनाएर कार्यालय सचिव राख्ने र ईन्जिनियरको क्षमता अभिवृद्धि तथा थप दक्ष बनाउने कार्य गर्नुपर्ने बताए । उनले प्रदेश समितिलाई थप मर्यादित, सशक्त बनाइने र विभिन्न किसिमका भेला, सेमिनार, तालिमलगायतका कार्यक्रम पनि प्रदेशमै गरिने बताए ।

 


२५ पुस २०७८, आइतवार २०:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु