nast

नेपाल प्रहरीका ३४ एसपीको सरुवा, को कहाँ परे ? (सूचीसहित)

नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । आइजीपी शैलेश थापा क्षेत्रीले आइतबार एसपीहरूको सरुवा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापामा विश्वमणि पोखरेललाई पठाइएको छ । झापामा कार्यरत सानुराम भट्टराईको काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सरुवा भएको छ । भट्टराई इन्चार्जबाट इन्चार्जमा सरुवा भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिराहामा अर्जुनप्रसाद तिमिल्सिना, काभ्रेमा चक्रराज जोशी, पाल्पाको इन्चार्जमा जनकबहादुर शाही र बारामा दिलीपसिंह देउवालाई सरुवा गरिएको छ । पूर्वी नवलपरासीमा प्रज्वल महर्जनको सरुवा भएको छ ।

कञ्चनपुरमा श्यामसिंह चौधरीलाई पठाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत सुशीलसिंह राठौरलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरमा सरुवा गरिएको छ ।

को कहाँ भए सरूवा ? यहाँ क्लिक गर्नुहाेस् ।


२५ पुस २०७८, आइतवार १४:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु