कोरोनाको हटस्पट बन्दै दलहरुका सभा सम्मेलन
पछिल्लो केही हप्तादेखि देशमा कोरोना भाइरस संक्रमण तीब्र बन्दै गइरहेको छ । नयाँ प्रजातिको ओमिक्रन समेत देखिएपछि सरकारले सतर्कता अपनाउन भनिरहेको छ ।
नेकपा माओवादी केन्द्रका अधिकांश प्रभावशाली नेताहरु कोरोना भाइरसको संक्रमित भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेतलगायत संक्रमित भई आइशोलेशनमा छन् ।
माओवादीको महाधिवेशनस्थल नै कोरोनाको हटस्पट बनेको खुल्दै गएको छ । नेताहरुलाई कोरोना संक्रमण भएपछि पदाधिकारी चयनको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
नेकपा एमालेले भने जिल्ला अधिवेशन गरिरहेको छ । एकसाथ ६० भन्दा बढी जिल्लामा अधिवेशन गरेको छ । अधिवेशन अगाडि जिल्ला जिल्लामा एमालेले र्याली निकालेको छ ।
नेपाली काँग्रेसले पनि अझै केही जिल्लाका अधिवेशन सम्पन्न गर्न बाँकी नै छ । अहिले पदस्थापनलगायतका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । कोरोना भाइरस डरलाग्दो तरिकाले फैलिएपनि राजनीतिक दलका नेताहरु सभा सम्मेलन गर्न छाडेका छैनन् ।
तराईका जिल्लामा सीके राउतले जुलुसहरु गर्दै आएका छन् । यसले कोरोनाको जोखिम झन बढाएको छ ।
२५ पुस २०७८, आइतवार १५:०० बजे प्रकाशित












