सुदूरपश्चिममा थप एक सय ५८ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप एक सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मा सो संख्यामा  कोरोना संक्रमण देखिएको हो ।भारतबाट फर्किनेको संख्या बढेसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण दर पनि ह्वात्तै बढेको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार ३८५ जनाको परीक्षण गर्दा एक सय एक जनाको एन्टिजेन र ५७ जनाको पीसीआर प्रविधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। शुक्रबार मात्रै भारबाट स्वदेश फर्केका ९७ जनामासंक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ५७ र गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४० जनामा संक्रमण पुष्टि भएको हो। बिहीवार एक २० जनामा कोरोना संक्रमण फेला परेको थियो ।

No photo description available.

 

 

 


२३ पुस २०७८, शुक्रवार १७:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु