Hotel Flora Long Ad

जन्मदिनको अवसरमा विदेशबाट विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

अछामको साँफेबगर घर भई हाल जापानमा रहेका लोकेन्द्रजंग कुँवरले आफ्नो जन्मदिनको अवसरमा ९३ जना बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराएका छन् ।

उनले साँफेबगर नगरपालिकाको वडा नम्बर १४ पातलकोटस्थित पिपलपार्क आधारभुत        विद्यालयका ९३ जना विद्यार्थीलाई कापी–कलमलगायतका शैक्षिक सामग्री उपलब्ध गराएका हुन् ।

नेपाली काँग्रेस अछामका जिल्ला सदस्य एवम् नेपाली जनसम्पर्क समिति जापान कान्तो क्षेत्रीय समिति सचिवसमेत रहेका कुँवरको सहयोगमा उपलब्ध गराइएका शैक्षिक सामग्री विहीबार एक कार्यक्रमकाबीच विद्यार्थीलाई हस्तान्तरण गरियाे ।

कार्यक्रममा नेपाली काँग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव भीम कुँवरल, लोकेन्द्रजंगका दाजु धुर्व कुँवर र भतिजा महेन्द्र कुवँरलगायतकाे विषेश उपस्थिति थियाे । कार्यक्रममा प्रदेश (क) का उप-सभापति विमल कुँवर, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण थापा, प्रधानाध्यापक झंकर कुवँर, कालिका मावि पातलकोटका प्रधानाध्यापक विरबहादुर थापा, शिक्षक मिनबहादु कुवँर, नेपाली कांग्रेसका वडा सभापति सञ्जु कुवँर, समाजसेवी गोरखबहादु थापालगायतको सहभागिता रहेको थियो ।

सात वर्षदेखि जापानमै रहेका कुँवर गृहजिल्ला अछामसहित विभिन्न ठाउँमा हुने सामाजिक कार्यमा सहयोगी भूमिका खेल्दै आएका छन् ।


१५ पुस २०७८, बिहीवार १८:०८ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु