punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कक्षा कोठा न्यानो बनाउन हिटर जडान

Chaupati
safha napa

बैतडीको पाटन नगरपालिका-९ हुक्केडाँडामा रहेको सिद्धेश्वर माविको प्रत्येक कक्षा कोठामा हिटर जडान गरिएको छ। विद्यार्थीलाई चिसोबाट बचाउन हिटर जडान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए।

शिशु कक्षादेखि कक्षा १० को प्रत्येक कोठामा २र२ वटा हिटर जडान गरिएको छ। हटर जडानका लागि प्रतिविद्यार्थी २०० रुपैयाँ संकलन गरिएको र अपुग रकम विद्यालयबाट थप गरिएको हो। हिटर जडानका लागि ८३ हजार रूपैयाँ खर्च भएको व्यवस्थापन समितिका अध्यक्ष भाटले जानकारी दिए।

कतिपय अभिभावकहरुको आर्थिक अवस्था कमजोर भएकाले आफ्ना बालबालिकाहरूलाई न्यानो कपडा खरिद गर्न नसक्ने भएकाले कक्षा कोठा न्यानो बनाउन हिटर जडान गरेका उनले बताए। हिटर जडानपछि विद्यार्थीहरुलाई सहज भएको छ। विद्यालयमा २८५ जना विद्यार्थी अध्यनरत छन्।

 


९ पुस २०७८, शुक्रवार ०८:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु