nast

सुनको मूल्य आज पनि घट्यो

नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले घटेर ९३ हजार रुपैयाँ तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ५०० कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९३ हजार ३०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ ।


७ पुस २०७८, बुधवार ११:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु