अभिनेत्रीको सायकाको होटेलबाट खसेर निधन

जापानीकी चर्चित अभिनेत्री एवम् संगीतकर्मी कान्डा सायकाको होटलबाट खसेर निधन भएको छ । उनको शनिबार साँझ साप्पोरो होक्काइदोस्थित एक होटलबाट खसेर निधन भएको हो ।

उनको कार्यालयका अनुसार २२ तले होटलको १४ औं तलामा बसेकी ३५ वर्षीया सायका आफू बसेको फ्लोरमा सामान्य रुपमा चिप्लिएर लडेकी थिइन् ।

चिप्लिएर घाइते भएकी उनको अस्पताल पुर्‍याउने क्रममा निधन भएको क्योडो न्युजमा खबर छ । कान्डाले आत्महत्या गरेको हो या लडेरै मृत्यु भएको हो भन्नेबारे प्रहरीले सो घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ ।

मृतक कान्डाले चर्चित डिज्नि एनिमेटेड फिल्म ‘फ्रोजन’ मा एन्ना पात्रको रुपमा आवाज दिएकी थिइन् । २० वर्षको उमेरदेखि आफ्नो अभिनय र गायन यात्रा थालनी गरेकी कान्डाले ‘ग्यालेक्सी एक्सप्रेस ९९९’मा अभिनय गर्ने योजना बनाएकी थिइन् ।


५ पुस २०७८, सोमवार १६:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु