आउँदो चुनावमा कसैको बहुमत आउँदैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा कुनै पनि दलको बहुमत नआउने बताएका छन् । उनले कसैको पनि बहुमत नआउने भएकाले गठबन्धन राजनीति अघि जाने बताए ।

समाजवादी प्रेस संगठनले सोमबार पुस ५ को सन्दर्भमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनमा यस विषयमा छलफल भइरहेको बताए ।

‘राष्ट्रिय सभा र उपनिर्वाचनमा गठबन्धनबाट चुनाव लड्ने हाम्रो सहमति भइरहेको छ,’ नेपालले भने, ‘आगामी चुनावमा कसैले पनि बहुमत आउँदैन । त्यसैले गठबन्धनको सरकार लामो समयसम्म चल्ने छ । यस विषयमा पनि गठबन्धनभित्र छलफल भएको छ ।’

एमाले अध्यक्ष ‌ओलीको चर्को आलोचना गर्दै अध्यक्ष नेपालले भने, ‘ओली गफाडी नम्बर वान हुन भनेर गिनिज बुकमा नाम लेखिदिए हुन्छ ।’


५ पुस २०७८, सोमवार १५:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु