धनगढीमा हुने पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा

धनगढीमा यही पुष ३ गतेदेखि हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह–आयोजनामा धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिता तयारी पूरा भएको हो।

आयोजक सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो। प्रतियोगिताका लागि मूल आयोजक समितिसंगै विभिन्न उपसमिति गठन गरेर तयारी गरिएको प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले जानकारी दिए।

प्रतियोगितमा सुदूरपश्चिमसहित ८ टिमको सहभागिता रहनेछ। यस्तै प्रतियोगितामा वमन अफ द म्याच २ हजार प्रति म्याच, वमन अफ द सिरिज २५ हजार, वेस्ट बलर १५ हजार, वेस्ट ब्याट्स वमनलाई १५ हजार दिइने आयोजक मूल कमिटी संयोजक सुदूरपश्चिम प्रदेश क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले बताए ।

सातै प्रदेशबाट प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा प्रदेश १, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेश रहेका छन् । समूह ‘बी’ मा नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश २ ले छन् ।

फाप्ला क्रिकेट मैदानमा पुस ३ गते हुने उद्घाटन खेलमा प्रदेश १ र कर्णाली प्रदेशबिच प्रतिस्पर्धा हुनेछ । सोही दिन अर्को खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश भिड्नेछन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न २२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।


१ पुस २०७८, बिहीवार १७:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु