punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एक वर्षभित्र तीनवटै तहको निर्वाचन हुन्छ : देउवा

Chaupati
safha napa

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले केही महिना भित्रै स्थानीय तहको निर्वाचन र एक वर्ष भित्रै प्रदेश र संघको निर्वाचन हुने बताएका छन् ।

बिहीबार नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीबार प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले अधिवेशन लगतै सबैको ध्यान स्थानीय तह, प्रदेश र संघको चुनावतिर हुनुपर्ने बताएका हुन् ।

‘चुनावी प्रक्रिया लोकतान्त्रिक अभ्यास हो,’ उनले भने, ‘यसमा जित र हार स्वभाविक प्रक्रिया हो । यसलाई आत्मासाथ गरेर आगामी दिनमा जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रीत हुनुपर्छ ।’

सभापति देउवाले संविधान जारी भएपछि प्रथम पटक प्रदेश अधिवेशन गर्न सफल भएकोमा खुशी व्यक्त गरे । बीपी कोइरालाले छोडेर गएको योगदानलाई इस्मरण गर्दै उनले नेपाली कांग्रेसलाई सुढृढ कांग्रेस बनाउनुपर्ने बताए ।

‘परिवर्तनका लागि कांगेसले सबै भन्दा ठूलो निर्वाह गरेको छ’ उनले भने, ‘अझै पनि मुलुकको विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्न सक्छ ।’


१६ मंसिर २०७८, बिहीवार १७:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु