punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा जिप दुर्घटना, तीन जना घाइते

Chaupati
safha napa

बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बैतडीको गोठलापानीबाट दोगडाकेदार ४ बसाली तर्फ गईरहेको से १ ज २२६ नम्बरको जिप बिहीबार दिउँसो ४ बजेतिर दोगडाकेदार गाउँपालिका ३ तारल भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीका १४ बर्षीय भीम धामी, सोही ठाउँका २५ बर्षीय दीपकसिंह कार्की र प्रहरी जवान समेत रहेका दशरथचन्द नगरपालिका ११ बर्तोलीका डम्मर महरा घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि धनगढी ल्याइएको खोचलेक प्रहरीचौकीका प्रमुख प्रहरी नायव निरीक्षक मोती बमले बताए जिप सडकबाट करीब ५० मिटर तल खसेको छ । सडक चिप्लो भएका कारण जिप चिप्लेर दुर्घटनामा भएको हुन सक्ने प्रहरीले जनाएको छ । जिपमा १० जना सवार रहेको बताइएको छ । जिप चालक भने फरार रहेका छन् ।


१६ मंसिर २०७८, बिहीवार १७:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु