punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस महाधिवेशन : सुदूरपश्चिम प्रदेश सभापतिमा पाँच जनाको दाबेदारी

Chaupati
safha napa

नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गन विहीबारदेखि प्रदेश अधिवेशन सुरु हुँदैछ । प्रदेश अधिवेशन सुरु हुनै लाग्दा प्रदेश सभापतिका आकांक्षीहरुले धमाधम उम्मेदवारी घोषणा गरेका छन् ।सुदूरपश्चिम प्रदेशमा विद्यार्थी नेतादेखि पूर्वराजदूतसम्मका नेताहरुले सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्नेमा केही यसअघिदेखिनै चर्चामा रहेका र केही नयाँ छन् ।

सभापतिका लागि बझाङका पूर्वराज्यमन्त्री तथा राजदूत अर्जुनजंगबहादुर सिंह, अछामका पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह, कैलालीका पार्टी सभापति नरनारायण शाह ९मनु०, कैलालीकै महाधिवेशन प्रतिनिधि हिमबहादुर रावल र डोटीका महाधिवेशन प्रतिनिधि विद्यार्थी नेता पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरेका छन् ।

उम्मेदावरी घोषणा गरेका सबै संस्थापन पक्षधर हुन् । अधिवेशन सुरु हुनुभन्दा अघिल्लो दिनसम्म संस्थापन इतरका कुनैपनि नेता सभापतिका आकांक्षी देखिएका छैनन् ।त्यस्तै, प्रदेश समितिका अन्य पदमा पनि उम्मेदारी घोषणा गर्नेक्रम जारी छ । प्रदेश समितिको महामन्त्रीका लागि कैलाली क्षेत्र नम्बर ४ का महाधिवेशन प्रतिनिधि उत्तम कठायत र अछाम क्षेत्र नम्बर २ का बलबहादुर कुँवरले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै, कैलाली क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित युवा नेता लक्ष्मण शाही र बाजुराबाट महाधिवेशन प्रनिनिधिमा निर्वाचित गुरुदेव केसी ९समुन०ले प्रदेश सह–महामन्त्रीमा उम्मेदवारी रहेको घोषणा गरेका छन् । नेताहरुले प्रदे्श समितिको विभिन्न कोटामा उम्मेदवारी घोषणा गर्नेक्रम जारी छ ।

बिहीबार दिउँसो १ बजे धनगढीको ओम पार्टी प्यालेसमा प्रदेश अधिवेशन उद्घाटन हुने कार्यतालिका रहेको प्रदेश अधिवेशन प्रचारप्रसार समिति संयोजक नृपबहादुर सुनारले जानकारी दिए ।उनका अनुसार बिहीबार प्रदेश अधिवेशन उद्घाटन हुने र शुक्रबार मनोनयन गरेर शनिबार मतदान हुने कार्यतालिका छ । प्रदेश अधिवेशनका लागि कांग्रेसले केन्द्रीय सदस्य तथा मन्त्री दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

सुदूरपश्चिममा कांग्रेस कैलालीका सभापति नरनारायण शाहको संयोजकत्वमा अधिवेशन मूल व्यवस्थापन समिति तथा अन्य सातवटा उपसमिति समेत गठन गरिएको छ ।अधिवेशनका लागि प्रदेशका ९ वटै जिल्लाका १६ संसदीय निर्वाचन क्षेत्र र ३२ प्रदेश सभा क्षेत्रबाट गरी ९७२ प्रतिनिधि धनगढी पुगिसकेका प्रचार प्रसार समिति संयोजक सुनारले जानकारी दिए ।


१५ मंसिर २०७८, बुधवार २०:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु