punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जापानमा पनि भेटिए ओमिक्रोन भेरियन्टका संक्रमित

Chaupati
safha napa

जापानमा मंगलबार एक व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार नामिबियाबाट जापान आएका व्यक्तिमा उक्त संक्रमणको पुष्टि भएको हो।

३० को दशकमा रहेका व्यक्तिलाई एयरपोर्टमा परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि गरिएको थप परीक्षणमा ओमिक्रोन भेरियन्ट रहेको खुलेको हो।

अहिले बिरामीलाई स्वास्थ्य केन्द्रमा राम्रो र उनको क्लोज कन्ट्याक्टहरुको पनि पहिचान गरिएको समाचारमा उल्लेख छ। जापानले मंगलबारदेखि कम्तीमा एक महिनाको लागि आफ्नो अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ।

ओमिक्रोन भेरियन्टलाई हालै मात्र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भेरियन्ट अफ कन्सर्नको रुपमा राखेको छ। यो भेरियन्टमा अहिलेसम्मकै सबैभन्दा धेरै उत्परिवर्तन देखिएको वैज्ञानिकले बताएका छन्।

 


१४ मंसिर २०७८, मंगलवार १४:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु