punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेको नयाँ नेतृत्व छान्न राति ९ बजेदेखि मतदान

Chaupati
safha napa
नेकपा (एमाले) को नयाँ नेतृत्वका लागि सोमबार राति ९ बजेदेखि मतदान हुने भएको छ। चितवनमा जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रका क्रममा नयाँ नेतृत्वका लागि मतदानको समय निश्चित गरिएको हो।
एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान राति ९ बजेदेखि १४ गते बिहान १ बजेसम्म हुनेछ। निर्वाचन आयोगले प्रकाशित गरेको सूचनामा मतदान सम्पन्न भएपश्चात १४ गते नै मतगणना गरिने, सोही दिन निर्वाचन परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यक्रम रहेको छ।
यसअघि आज अपरान्ह ४ बजेसम्म नाम फिर्ताको लागि समय दिइएको छ भने ४ः५ मा अन्तिम नामावली प्रकाशन हुँदैछ। एमालेमा केपी ओलीविरुद्ध अध्यक्षमा भीम रावलले चुनौति दिएका छन् भने ओलीले चयन गरेको नामावलीविरुद्ध घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

अध्यक्षमा २, उपाध्यक्षमा ७ र सचिवमा ९ जनाको उम्मेदवारी परेको छ।एमालेको जारी दसौँ महाधिवेशन अन्तर्गत वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन्।


१३ मंसिर २०७८, सोमवार १६:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु