काँग्रेसको सह–महामन्त्रीमा लड्ने बद्री पाण्डेको घोषणा

कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले १४औं महाधिवेशनमा सह–महामन्त्रीमा लड्ने घोषणा गरेका छन् ।

सोमबार पत्रकार सम्मेलन गरेर पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले पछिडिएको क्षेत्रबाट सह–महामन्त्रीमा लड्ने घोषणा गरे ।

१२औं महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्य भएका पाण्डे १३ औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य भएका थिए । अहिले विधानको व्यवस्था अनुसार पिछडिएको क्षेत्रबाट सह–महामन्त्री लड्ने निर्णय गरेको उनले बताए ।

‘अर्को पटक म सह–महामन्त्रीको उमेदवार होइन,’ उनले भने, ‘कि उपसभापति लड्छु कि महामन्त्री लड्छु । पद दोहोर्‍याउने पक्षमा छैन।’

उनले आफू कोइराला लिगेसीसँग जोडिएको तर सबैको सहयोगको अपेक्षा गरेको बताए । उनले १४औं महाधिवेशनपछि कांग्रेस सत्ता र पार्टी ठीक ढंगले जाने आशा समेत व्यक्त गरे।


१३ मंसिर २०७८, सोमवार १६:३४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु