punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

Chaupati
safha napa

कैलालीमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउले चोकस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।

नाम र ठेगाना नखुलेका र अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

भैरहवाबाट अत्तरिया आउँदै गरेको ना ६ ख ५३६६ नम्बरको मालवाहक ट्रकले सोमबार विहान साढे ३ बजेको समयमा ठक्कर दिएको प्रहरीले जनाएको छ।ट्रक चालक कपिलवस्तु ९ भर्तापुरका २५ वर्षीय सैलेश नेपालीलाई ट्रकसहित इलाका प्रहरी मालाखेतीले नियन्त्रणमा लिएको छ।


१३ मंसिर २०७८, सोमवार १०:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु