punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बडुवाल हत्या प्रकरण : थप २ जना पक्राउ

Chaupati
safha napa

कैलालीको लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या प्रकरणमा आरोपितलाई भाग्न सघाएको भन्दै थप दुई जना पक्राउ परेका छन्। कैलालीको बौनीया र बर्दियाबाट दुई जनालाई पक्राउ गरिएको हो।

आरोपितलाई भाग्न सघाएको आरोपमा सविनजंग शाह र लोकेन्द्र कुँवर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले बताए।

उनीहरुलाई पनि सहयोग गरेको अभियोगमा धनगढीका विश्वास शाहलाई पनि पक्राउ गरिएको उनले जानकारी दिए । उनी नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य हुन्। शाहलाई सोमबार तारेखमा छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

‘सविनजंग र लोकेन्द्रले हत्याका आरोपितलाई गाडी खोजेर भाग्न सहयोग गरेको खुलेको छ,’अधिकारीले भने, ‘ती दुबै जनालाई मतियार बनाएर मुद्धा अगाडि बढाइएको छ। विश्वासलाई भने सोधपुछका लागि ल्याइएको हो।

उनी घटनामा संलग्न भने देखिएका छैनन्। तर घटनापछि सविनजंगसंग उनको कुराकानी भएको छ।’ घटनाका योजनाकार भनिएका नविन रावल लगायतका केही आरोपित अझै फरार छन्। आरोपित ११ जनालाई भने प्रहरीले पक्राउ गरि सार्वजनिक गरिसकेको छ।


१३ मंसिर २०७८, सोमवार १०:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु