punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्न नेपाल र भारतका अधिकारीहरू सहमत

Chaupati
safha napa

भारतको पिथौरागढमा सम्पन्न नेपाल-भारत समन्वय समितिको बैठकले दुवै देशका स्थानीय अधिकारीहहरू सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्न सहमत भएका छन्।

जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार बैठकमा सीमा क्षेत्रमा हुन सक्ने मानव बेचबिखन रोकथाम, सीमा नाकाबाट हुन सक्ने लागू औषधको कारोबार, झुलाघाट झोलुंगे पुल मर्मत, भारतसँग जोडिएका घाटहरू व्यवस्थित गर्ने लगायतका बिषयमा छलफल भएको थियो।

यस्तै‚ दुई देशका नागरिक एक अर्को देशमा आवतजावत गर्दा परिचय खुल्ने कागज भएमात्रै प्रवेश गर्न दिने, सीमा क्षेत्रमा हुन सक्ने विभिन्न समस्या समाधानका लागि पहल हुने जनाइएको छ। यसका साथै पूर्वभारतीय सैनिकलाई बैंकबाट प्राप्त हुने निरवृत्तिभरण लिने प्रक्रिया सहज गर्ने, आगामी दिनमा हुने स्थानीय निर्वाचनको समयमा सीमा नाका बन्द गर्ने लगायतका विषयमा छलफल भएको हो।

भारतको पिथौरागढमा आइतबार भएको बैठक पिथौरागढ जिल्लाका जिल्ला अधिकारी डा. आशिष चौहानको पहलमा सम्पन्न भएको हो। बैठकमा नेपालबाट बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेय, जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेशबहादुर पाल, सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाह, महाकाली भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो। यस्तै‚ दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो।

 


१३ मंसिर २०७८, सोमवार ०९:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु