punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यी हुन् चिसो मौसममा सुन्तला खानुका पाँच फाइदा

Chaupati
safha napa

जाडो मौसममा रसिला तथा सिट्रस फलफूल खानु राम्रो मानिन्छ। यो समयमा यस्ता फलहरु धेरै मिठो र रसदार हुन्छन्। यी मौसमी फलहरूमध्ये पनि सुन्तला सबैभन्दा राम्रो मानिन्छ।

सुन्तला खान स्वादिलो ​​मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ। जाडो मौसममा तापक्रम घट्दै जाँदा हाम्रो रोग प्रतिरोधी क्षमता कमजोर हुन थाल्छ, सुन्तला यस्तो फल हो जसले शरीरलाई स्वस्थ राख्नुका साथै छालालाई चम्किलो बनाउँछ।

चिसो मौसममा सुन्तला खाँदाका फाइदाहरु
तौल घटाउनमा प्रभावकारी
सुन्तलामा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले तौल घटाउनुका साथै पाचन क्रियालाई पनि बलियो बनाउँछ। घुलनशील फाइबरले पेट लामो समयसम्म भरिपूर्ण राख्छ। र धेरै खाने बानीलाई पनि रोक्छ। जसका कारण शरीरमा क्यालोरीको मात्रा कम रहन्छ। सुन्तलाको जुसभन्दा फल नै खानु फाइदाजनक हुन्छ।

इम्युनिटी र छालाका लागि फाइदाजनक
चिसो दिनमा छाला, स्वास्थ्य र पाचन तीनवटैमा समस्या हुने सम्भावना बढ्छ। सुन्तलामा पाइने भिटामिन ‘सी’ले शरीरमा रहेका केही कीटाणुहरूलाई रोक्ने काम गर्छ र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। सुन्तलामा पाइने भिटामिन सीले छालालाई स्वस्थ र जवान देखाउने काम पनि गर्छ।

चिसो रोक्छ
चिसो मौसममा रुघाखोकी को समस्या देखिनुलाई सामान्य मानिन्छ। यसबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको यो मौसममा धेरै सुन्तला खानु हो, जसले तपाईको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ।

हार्वर्ड हेल्थ पब्लिसिङमा प्रकाशित एक अध्ययनअनुसार भिटामिन सी चिसो र रुघाखोकीका लागि फाइदाजनक हुन्छ। सुन्तलामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, त्यसैले जाडोमा सुन्तला खाँदा रुघाखोकी र फ्लूबाट पनि बच्न सकिन्छ।

मुटुका लागि राम्रो
अमेरिकन हार्ट एशोसिएशनले गरेको एक अध्ययनअनुसार सिट्रस फलफूल, विशेषगरी सुन्तला र अंगूर खाँदा मस्तिष्कघातको जोखिम कम हुन्छ। सुन्तलामा पाइने फ्लेभोनोइड्सले मुटु रोगबाट बचाउने विश्वास गरिन्छ। तिनीहरूले रक्त कोशिकाहरूको कार्यमा पनि सुधार गर्छन्।

मृगौलामा पत्थरी हुने सम्भावना घटाउँछ
पिसाबमा सिट्रेटको कमीले मृगौलामा पत्थरी हुन सक्छ। सिट्रेट एक साइट्रिक एसिड हो, जुन सामान्यतया सुन्तला जस्ता सिट्रस फलहरूमा पाइन्छ। सानो पत्थरी भएका बिरामीहरूलाई सामान्यतया एक गिलास सुन्तलाको जुस पिउन सल्लाह दिइन्छ। यसले पिसाबमा सिट्रेटको स्तर बढाउँछ, जसले गर्दा पत्थरी बन्ने सम्भावना कम हुन्छ।

 


११ मंसिर २०७८, शनिवार १२:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु