punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा मृत अवस्थामा चितुवा फेला

Chaupati
safha napa

बाजुरामा एक चितुवा मृत अवस्थामा फेला परेको छ। शुक्रबार बुढीगंगा नगरपालिका–६ फालासैन र त्रिवेणी नगरपालिका–८ कालापानीको बीचमा रहेको बुढीगंगा नदी किनारमा उक्त चितुवा भेटिएको हो।

घाइते अवस्थामा भेटिएको चितवाको उद्धार गर्न डिभिजन वन कार्यालयमा खबर गरेपछि चितुवा भएको ठाउँमा पुग्दा मृत्यु भइसकेको थियो।

शनिबार पोष्टमार्टम गर्दा पेटमा थुप्रै जुका भेटिएकोले चितुवा रोगले मरेको हुनसक्ने जिल्ला पशुसेवा कार्यालका कार्यालय प्रमुख पशुपति नाथले बताएका छन्।

अन्दाजी १५ वर्षीय उक्त मृत चितुवालाई सरोकारवाला सबैको रहोबरमा खाल्डोमा पुरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी राजन कुँवरले बताए।


४ मंसिर २०७८, शनिवार १७:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु