punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चिया पिउँदा पिउँदै हिरासतमा बृद्धाको मृृत्यु

Chaupati
safha napa

जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा ७७ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। कर्तव्य ज्यान मृद्दामा २० कात्तिकदेखि हिरासतमा रहेकी केदारस्युँ गाउँपालिका–२ महर गाउँकी कृष्णादेवी रावलको शनिबार बिहान मृत्यु भएको हो।

कर्तव्य ज्यान मृद्दामा २० कात्तिकदेखि हिरासतमा रहेकी रावलको बिहान हिरासतमा अचेत भई अस्पताल पुर्याए पछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख ९डिएसपी० ज्ञान बहादुर बिष्टले बताए।

‘उहाँ चिया पिउँदै हुनुहुथ्यो, चिया पिउँदापिउँदै एक्कासी अचेत हुनुभयो’’ डिएसपी बिष्टले भने, ‘‘अचेत भएपछि जिल्ला अस्पताल पठायौ र अस्पतालले मृत घोषणा गर्यो।’’

मृतक रावल र उनका छोरा जयबहादुर रावल बुहारी हत्याको आरोपमा हिरासतमा रहेका थिए।


४ मंसिर २०७८, शनिवार १७:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु